निर्वाचनको अनुगमनमा खटिए तीन आयुक्त
१४ असारमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको अनुगमनका लागि तीन आयुक्त खटिएका छन् ।
प्रदेश नम्बर– १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनको अनुगमन गर्न तीन जना आयुक्त खटिएका हुन् ।
आयुक्त नरेन्द्र दाहाल प्रदेश नम्बर– १ मा, ईश्वरीप्रसाद पौड्याल प्रदेश नम्बर– ५ मा र प्रदेश नम्बर– ७ मा सुधीरकुमार शाह खटिएको निर्वाचन आयोगले जनाएको छ ।