प्रदेश ६ का १५८ जनप्रतिनिधि सुर्खेतमा
प्रदेश–६ का नवनिर्वाचित जनप्रतिनिधिहरु स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्वन्धी तालीममा सहभागी हुन अहिले सुर्खेतमा भेला भएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने अभिमुखिकरण तालीममा प्रदेश–६ का १० जिल्लाका निर्वाचित नगरप्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्षहरु गरी १५८ जना सहभागि छन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोग तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तालीमको आयोजना गरेको हो ।
तीन दिनसम्म स्थानीय तहका यि प्रतिनिधिहरुलाई आयोगले स्थानीय तह सञ्चालन र सही व्यवस्थापनबारे तालीम दिइने आयोगका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।
उनले प्रदेश–६ प्रकृति र संस्कृतिले धनी भएकाले स्थानीय स्रोत साधनको सही परिचालन गरेर प्रदेशसहित राष्ट्रको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।
यहाँ २५ नगरपालिका र ५४ वटा गाउँपालिका छन् ।
लक्ष्मी भण्डारी, सुर्खेत