राजविराजमा राजपा कार्यकर्ताले मोटरसाइकल जलाए
राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले राजविराजमा एक मोटरसाइकल जलाएका छन् ।
आज, ४ असारमा राजविराजको गजेन्द्र चोकमा स.१ज ५२९ नम्बरको मोटरसाइकलमा राजपा कार्यकर्ताहरुले आगो लगाएका हुन् । आगोले उक्त मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ ।
मोटरसाइकल सरकारी कार्यालयको भए पनि कुन कार्यालयको हो भन्ने खुल्न सकेको छैन् ।
चालकले मोटरसाइकल पार्क गरेर राष्ट्रिय बाणिज्य बैंक छिरेको केही बेरमै उक्त मोटरसाइकलमा आगो लगाइएकोे प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यसैबीच प्रहरीले जिल्लाको शम्भुनाथबाट चार जना राजपा नेतालाई नियन्त्रणमा लिएको छ ।
पूर्व पश्चिम राजमार्गमा अवरोध पुर्याउन खोज्ने दिनेश यादव, माधुरी साह, जावुल मियाँ, ननु भगतलाई पक्राउ गरेको राजपाका नेता गजेन्द्र मण्डलले जानकारी दिए ।
श्रवणकुमार देव, राजविराज