फरक दलबाट एउटै वडाको अध्यक्षमा बाबु–छोरा उम्मेदवार
बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बाबु–छोरा उम्मेदवार बनेका छन् ।
पुरचौडी नगरपालिका–७ मा नेकपा एमालेका तर्फबाट ६८ वर्षीय नागी साउद र उनका छोरा उज्जवल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
बाबु–छोरा भएपनि वैचारिक भिन्नता भएपछि अलग–अलग पार्टीबाट उम्मेदवार बनेको उज्जवल साउदले बताएका छन् ।
उज्जवलका बुबा नागी भने २०५४ को साविक कोटिला गाविसको अध्यक्ष हुन् ।
पहिलेको निर्वाचनमा जितेको र सबैले चिनेका कारण आफूले वडा अध्यक्ष जित्ने नागीको दाबी छ । उज्जवल भने युवा वर्गको समर्थनमा जित्नेमा विश्वस्त छन् । रासस