'निर्वाचनका लागि आयोगको तयारी पूरा'
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले १४ असारमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
आज प्रमुख आयुक्त यादवले आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेको तर राजनीतिक दृष्टिकोणबाट भने केही अप्ठेरो बाँकी रहेकोे बताएका हुन् ।
असन्तुष्ट दलले निर्वाचनको मिति सार्न गरिरहेको प्रस्तावबारे यादवले १४ असारको निर्वाचन कुनै पनि हालतमा सार्न नमिल्ने बताए ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ ।
मतदानका लागि आयोगले १२ हजार मतदान केन्द्रको व्यवस्था गरेको जनाएको छ ।