कांग्रेस उम्मेदवारको गाडीमा राजपाको तोडफोड
नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार डा. सुरेशकुमार कनोडियाको प्रचारप्रसारको गाडीमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता, कार्यकर्ताले तोडफोड गरेका छन् ।
आज राजपाका नेता कार्यकर्ताले कांग्रेस प्रचारप्रसारको बा १४ च १३८७ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट गाडीमा सामान्य क्षति पुगेको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले राजपा बाँकेका नेता ललित रौनियारलाई नियन्त्रणमा लिएको छ ।
संविधान संशोधन नगरी दोश्रो चरणको निर्वाचन गर्न लागेको भन्दै राजपाले आन्दोलनको घोषणा गरेको छ ।
केशव राना, बाँके