राजपाद्वारा दोस्रो चरणको निर्वाचन विथोल्न आन्दोलन घोषणा
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आज, २८ जेठमा बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राजपाले १० असारदेखि अनिश्चितकालीन आमहड्ताल सहित लाठी जुलुस, निर्वाचन केन्द्रमा तालाबन्दी, निर्वाचन सम्बन्धी कार्यक्रमहरुमा अवरोध लगायतका आन्दोलनका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।