एउटै पदमा दाजुभाइ उम्मेदवार
दोस्रो चरणमा आगामी १४ असारमा हुने स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्रीले एकै पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
उम्मेदवार दुई दाजुभाइमध्ये दाजु यमबहादुर खत्री नेपाली कांग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।
दाजु यमबहादुर कांग्रेस बडागाउँको पार्टी सभापति हुन् भने भाइ ओमबहादुर एमाले बडागाउँ गाउँ कमिटी उपाध्यक्ष हुन् । रासस