एलिका स्टाइलिस चिम्नी हुड र कुक सार्वजनिक
सिजीको सहायक कम्पनी इओएल प्रालिले विभिन्न दश प्रकारका एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको छ ।
स्टाइलिस चिम्नी हुड खिया नलाग्ने स्टीलद्वारा निर्माण गरिएको कम्पनीले जनाएको छ । हुडमा टच कन्ट्रोल र इटालियन मोटर जडान गरिएको छ ।
हुडमा जडान गरिएको मोटरका कारण यसले ध्वनी प्रदूषण नहुने र वातावरणमैत्री रहेको कम्पनीको दाबी छ ।
सबै प्रकारका एलिका स्टाइलिस चिम्नी हुड र कुकमा १५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
चिम्नीको मूल्य २५ हजार ७ सयदेखि ५७ हजार ४ सय रहेको कम्पनीले जनाएको छ । त्यस्तै कुक टप्सको मूल्य रु. ९ हजार १ सयदेखि २९ हजार १ सयसम्म रहेको छ ।