चुडामणि शर्मालाई थुनामा राख्न १० दिनको म्याद
विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता थुनामा राख्न म्याद दिएको छ ।
भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा १९ जेठमा पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।
विशेष अदालतमा उपस्थित गराइएका बेलामा पत्रकारसँग कुरा गर्दै शर्माले आफूलाई नियमविपरीत गैरकानुनी रुपमा गिरफ्तारी गरिएको आरोप लगाए ।
रासस