बाजुरामा नेपाली सेनाको विमान दुर्घटना
बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको छ ।
कार्गो बोकेर हुम्लाका लागि उडेको विमान मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको बुझिएको छ ।
धावनमार्गबाट बाहिर खेतसम्म पुगेको विमानमा आगो लागेको र एकजनाको जीवितै उद्दार गरिएको स्थानीयले बताएका छन् ।
विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
अहिले उद्दार जारी रहेको भए पनि विमानमा कति जना थिए भन्ने विवरण प्राप्त भइसकेको छैन ।