डा. गोविन्द केसीको अनशन १९ जेठसम्मका लागि स्थगित
प्रा.डा. गोविन्द केसीले १९ जेठसम्मका लागि अनशन स्थगित गरेका छन् ।
दाङको घोराहीमा आजदेखि अनशन बस्ने तयारीमा रहेका डा. केसी मन्त्रिपरिषद्को सामाजिक समितिले राप्ती उपक्षेत्रीय अस्पताललाई राष्ट्रिय विज्ञान प्रतिष्ठान गठनका लागि सैद्धान्तिक सहमति दिएपछि अनसन स्थगित गरी काठमाडौं फर्कने तयारीमा रहेका छन् ।
केसीले चिकित्सा शिक्षा सम्बन्धी विधेयक संशोधनसहित पास नभए पुनः काठमाडौंमै अनसन बस्ने जनाएका छन् ।