भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नयाँ शाखा बुटवलमा
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले बुटवलको देवीनगरमा नयाँ शाखाको शुरुआत गरेको छ ।
१२ जेठमा बैंकले ४५ औं शाखाको रुपमा देवीनगरमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।
ग्राहकलाई सरल र सहज बैकिङ्ग पहुँच पुर्याउन बुटवल शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले ४५ शाखा र १२ एटीएममार्फत बैकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।