संसद् बैठक भोलिसम्मका लागि स्थगित
व्यवस्थापिका संसद्को बैठक भोलि, ११ जेठसम्मका लागि स्थगित भएको छ ।
बैठक भोलि दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको हो ।
संसद् सुचारु गर्ने विषयमा दलहरुबीच सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको सभामुख ओनसरी घर्तिका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
स्थानीय तहको सङ्ख्या बढाउने सरकारको निर्णयमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालले संसद् अवरुद्ध गर्ने चितावनी दिएपछि बैठक स्थगित गरिएको शर्माले बताए ।