नेपाली कांग्रेस कास्कीका उपसभापति आचार्यको निधन
नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको ४४ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।
पोखरा– ११ काहुँस्थित घरमै रहेकाबेला आज, १० जेठ विहान करिब १० बजे अचानक हृदयघात भएपछि उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर, उनको बाटोमै निधन भइसकेको अस्पतालले जनाएको छ ।
आचार्यको शव श्रद्धाञ्जलीका लागि दिउँसो १ बजे पोखरा स्थित पार्टी कार्यालयमा राखिने कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
नेपाली कांग्रेस कास्कीको १३ औं महाधिवेशनबाट उपसभापति बनेका आचार्य त्यसअघिे जिल्ला सदस्य, तरुण दल कास्कीका पूर्व सहसचिव र हाल काहुँ बृहत खानेपानी आयोजनाको अध्यक्षसमेत थिए ।
उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
युवराज श्रेष्ठ, पोखरा