पोखरामा ८९६३ मतले एमाले अगाडि
कास्कीको पोखरा–लेखनाथ महानगरमा एमालेले फराकिलो मतान्तरले अग्रता लिँदै गएको छ ।
पछिल्लो अपडेटअनुसार एमालेबाट मेयरका उम्मेदवार मानबहादुर जिसीले ४० हजार ३२३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ३१ हजार ३६० मत पाएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ३८ हजार ५२९ मत ल्याएकी छिन् भने कांग्रेस उम्मेदवार सरस्वती गुरुङले २९ हजार ५६ मत पाएकी छिन् ।
हालसम्म महानगरको वडा नं १ देखि २१ सम्मको मत गणना सकिएको छ । अहिले वडा नं. २२, २३, २४, २५ र २६ को मतगणना भइरहेको छ ।
युवराज श्रेष्ठ, पोखरा