इंग्ल्याण्डले ‘वानडे’ मा बनायो ४४४ रनको रेकर्ड
इंग्ल्याण्डमा भएको एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानलाई १६९ रनले हराउँदै पाँच एकदिवसीय प्रतियोगिताको सिरिज तीन शून्यले जितेको छ ।
इंग्ल्याण्डको टोलीले अन्तर्राष्ट्रिय वान डे प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा ठूलो ४४४ रनको स्कोर बनायो ।
पाकिस्तानको टोली ४२.४ ओभरमा समेटिंदै २७५ रनमात्रै बनाउन सक्यो ।
यसै वान डेमा ब्याट्सम्यान एलेक्स हेल्सले १७१ रन बनाएर इंग्ल्याण्डमा सबैभन्दा धेरै बनाउने ब्याट्सम्यान बनेका छन् । हेल्सले १२२ रनमा २२ चौका र चार छक्का हानेका थिए ।
इंग्ल्याण्डको टोलीले तीन विकेटको क्षतिमा ५० ओभर खेल्दै ४४४ रनको विशाल स्कोर बनायो, यसअघि सबैभन्दा धेरै ४४३ रनको रेकर्ड श्रीलंकाले सन् २००६ बनाएको थियो ।
जस बटलर इंग्ल्याण्डका सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने, उनले २२ बलमा अर्धशतक पूरा गरे भने सात चौका र सात छक्काको मद्दतले ९० रन बनाएर नटआउट रहे ।