भरतपुरमा एमाले ३६ सय मतले अगाडि
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवि ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ३६ सय ४६ मतले अगाडि रहेका छन् ।
एमाले उम्मेदवार ज्ञवालीले २५ हजार ४९३ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २१ हजार ८४७ मत प्राप्त गरेकी छन् ।