काठमाडौं महानगरमा एमाले ९,६०१ मतले अगाडि
काठमाडौं महानगरपालिकाको १ लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा एमालेले ९,६०१ मतले अग्रता कायम गरेको छ ।
जारी मतगणनाको प्राप्त पछिल्लो परिणाम यस्तो छ :
मेयर
विद्यासुन्दर शाक्य (एमाले) ३७,१५८
राजुराज जोशीले (कांग्रेस) २७,५५७
रञ्जु दर्शना (विवेकशील नेपाली) १३,०७३
किशोर थापा (साझा पार्टी) १०३२७
सर्वोत्तम डङ्गोल (माओवादी केन्द्र) ४०५६
उपमेयर
हरिप्रभा खड्गीले (कांग्रेस) ३५४०५
राजाराम श्रेष्ठ (राप्रपा) १९,६४३
निरुपमा यादव (साझा पार्टी) ६,९७८
सुशीला पौडेल (माओवादी केन्द्र) ५,३९१
३१ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ७२ हजार ६८३ मत खसेको थियो ।