मध्यपुरको मेयरमा एमाले, उपमेयरमा कांग्रेस निर्वाचित
भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ र उपमेयरमा नेपाली कांग्रेसकी अञ्जना मधिकर्मी निर्वाचित भएका छन् ।
श्रेष्ठले १३ हजार ९६० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अष्ट कवेले १० हजार ८४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा मधिकर्मीले १० हजार ६७८ मत प्राप्त गरी निर्वाचित भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्काले सात हजार ७६२ मत प्राप्त गरेका छन् ।