भरतपुर महानगरमा एमालेका ज्ञवाली १०४१ मतले अगाडि
भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेबाट मेयरका उमेदवार देवी ज्ञवालीले मतान्तर फराकिलो पार्दै १,०४१ मतले अग्रता लिएका छन् ।
अहिलेसम्म ज्ञवालीले १८,८१५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले १७,१४४ मत प्राप्त गरेकी छन् । राप्रपाका बद्री तिमिल्सिना १,४३५ प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरी १९,७४९, एमालेकी दिव्य शर्मा आचार्यले १५,९१७ र राप्रपाकी रीना गुरुङले १,५५८ मत प्राप्त गरेका छन् ।
भरतपुरमा १ देखि १० सम्मका वडाहरुको मतगणना भइसकेपछि अहिले २९ नम्बर वडाको मत गणना भइरहेको छ ।
२९ नम्बर वडाको १,२०८ मत गनिसक्दासम्म वडाअध्यक्षमा एमालेका उमेदवारले ५४१, कांग्रेसले ५६४ र माओवादीले २५ मत प्राप्त गरेका छन् ।