धादिङको नीलकण्ठ नगरपालिकामा कांग्रेस निर्वाचित
धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना १३ हजार १ सय ६६ मत ल्याए निर्वाचित भएका छन् ।
ढुंगानाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुनकुमार श्रेष्ठले ६ हजार ६ सय ९० मत ल्याएका छन् ।
कांग्रेस र माओवादी तालमेलबाट उपमेयरमा भने माओवादी केन्द्रका मनराज भण्डारी १० हजार ३ सय २३ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत ल्याएकी छन् ।