काठमाडौं महानगरमा अन्तर फराकिलो पार्दै एमालेको अग्रता
काठमाडौं महानगरपालिकाको जारी मतगणनाको परिणामानुसार कामपामा नेकपा एमाले नै अगाडि रहेको छ । मेयरमा एमालेबाट उमेदवार विद्यासुन्दरसुन्दर शाक्य कांग्रेसका राजुराज जोशीभन्दा ५ हजार २३४ मतले अगाडि छन् ।
एमालेका शाक्यले १६ हजार ५२९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ११ हजार २९५, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले ५ हजार ९४१ र साझा पार्टीका किशोर थापाले ४ हजार ४२५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५१०, राप्रपाका राजाराम श्रेष्ठले ६ हजार ६५१ र साझा पार्टीकी निरुपमा यादवले २ हजार ४०८ मत प्राप्त गरेका छन् ।
मतगणना १, २, २७ र २८ वडाको सम्पन्न भएको र १३ स्थानको जारी छ ।