प्रम दाहालले भने,
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस, एमाले, माओवादी जसले जिते पनि स्थानीय तहको निर्वाचन हुँदा देशले जितेको बताएका छन् ।
कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरको नवनिर्मित केन्द्रीय कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले निर्वाचन हुँदैन कि भन्ने आशङ्का र ठूलो चुनौतिका बीच स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुन सकेको बताए ।
उनले भने, "आजभोलि म निकै खुशी छु, टिभी पनि हेर्न छोडेको छु । कसले जित्यो वा हार्यो यसमा मलाई चिन्ता छैन । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कसैले जिते पनि देशले जितेको छ, नेपालले जितेको छ, यो हामी सबै नेपालीको जीत हो, हामी सबैले खुलेर उत्सव मनाऔं ।"
दोस्रो चरणको निर्वाचन चुनौतिपूर्ण भए पनि सम्पन्न गरेरै छोड्ने प्रधानमन्त्रीले बताए । उनले भने, "पहिलो चरणको चुनावभन्दा दोस्रो चरणको चुनाव झन् चुनौतिपूर्ण छ । हामीले दोस्रो चरणको चुनावलाई पनि उत्सवका रुपमा सम्पन्न गर्नुछ ।"
उनले आजै मैले प्रमूख दलका नेताहरुको बैठक बोलाएको र दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवका रुपमा मनाउन प्रतिवद्ध रहेको बताए ।
त्यसपछि उनी नवलपरासीको दुम्कौलीस्थित शाश्वत धाम पुगी पूजाअर्चना गरेका थिए ।