टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति नदिन एमालेको माग
नेकपा एमालेले कैलालीको टीकापुर घटनामा संलग्नलाई राजनीतिक आवरण दिई उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।
आज एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् ।
घटनामा संलग्नलाई उन्मुक्ति दिने सरकारको निर्णयले विधिको शासन अन्त्य हुने र दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमालेले घटनाको तथ्यपूर्ण एवम् निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई दण्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्न समेत सरकारलाई आग्रह गरेको छ ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा हिंसात्मक घटनामा नौ जनाको ज्यान गएको थियो । रासस