कीर्तिपुर नगरपालिकामा एमाले निर्वाचित
कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका रमेश महर्जन निर्वाचित भएका छन् ।
महर्जनले ७ हजार ३६० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजकुमार नकर्मीले ६ हजार ६१६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकै सरस्वती खड्का ६ हजार ८१० मत प्राप्त गरी निर्वाचित भएकी छन् । खड्काकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विमला विष्टले ६ हजार ४३ मत प्राप्त गरेकी छन् ।