भरतपुर महानगरमा अन्तर साँघुरियो, एमाले २०३ मतले अगाडि
चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उमेदवार देवी ज्ञवालीले १३,६३५ मत प्राप्त गरेका छन् भने माओवादीकी रेणु दाहालले १३,४३२ मत पाएकी छन् ।
त्यसैगरी जारी मतगणनामा उपमेयरमा कांग्रेसका उमेदवार पार्वती शाह ठकुरीले १५,५२३ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले ११,७३७ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म ८ वटा वडाको मतगणना सम्पन्न भइसकेको भरतपुरमा ८ नं. वडा अध्यक्षमा कांग्रेसका दामोदर न्यौपाने निर्वाचित भएका छन् ।