एनआईसी एशिया बैंकका चार नयाँ शाखा
एनआईसी एशिया बैंकले चार नयाँ शाखाको उद्घाटन गरेको छ ।
रुपन्देहीको मणिग्राम, सालझण्डी र रुद्रपुर तथा कास्कीको नयाँपुलमा बैंकले नयाँ शाखाको शुरुआत गरेको हो ।
यी शाखासँगै एनआईसी एशियाका १०७ वटा शाखा पुगेका छन् ।
ग्राहकलाई सहज रुपमा बैंकिङ सेवा प्रदान गर्नका लागि शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
बैंकले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने तयारी गरेको छ ।