पोखरा महानगरमा एमाले उमेदवार २९९ मतले अगाडि, ४० हजार मत गनियो
पोखरा–लेखनाथ महानगरपालिकामा हालसम्मको मत परिणाम अनुसार एमालेबाट मेयरका उमेदवार मानबहादुर जिसी कांग्रेसका रामजी कुँवरभन्दा २९९ मतले अगाडि छन् ।
जारी मतगणनामा दिउँसो १ बजेसम्मको मत परिणाम अनुसार जिसीले १३,८५८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रामजी कुँवरले १३,५५९ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा एमालेका उमेदवार मञ्जुदेवी गुरुङले १३,०८५ मत पाएकी छिन् भने कांग्रेसका सरस्वती गुरुङले १२,४०३ मत पाएकी छिन् ।
हालसम्म झण्डै ४० हजार मत गणना भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पोखरा महानगरपालिका कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेकोमा १ लाख २५ हजार ९ सय ३२ जनाले मतदान गरेका थिए ।
कुल ३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा हालसम्म ११ वटा वडाको मत गणना भइसकेको छ । मत गणना भइसकेका वडामध्ये ७ वटामा कांग्रेसका र ४ वटा वडामा एमाले उमेदवार निर्वाचित भएका छन् ।
वडा र निर्वाचित वडाध्यक्ष उम्मेदवार
१, शारदा पराजुली– एमाले
२, रामेश्वर मल्ल– कांग्रेस
३, रविन्द्रबहादुर प्रजु– कांग्रेस
४, शंकरप्रसाद बास्तोला– कांग्रेस
५, धनबहादुर नेपाली– एमाले
६, जगत पहारी– कांग्रेस
७, रामचन्द्र बराल एमाले
८, रुद्रनाथ बराल एमाले
९, रामराज लामिछाने कांग्रेस
१०, राजकुमार गुरुङ कांग्रेस
११, मोहन बास्तोला कांग्रेस
-युवराज श्रेष्ठ, पोखरा