बागलुङ नगरपालिकाको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा विजयी
बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनक पौडेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का विजयी भएका छन् ।
पौडेलले ११ हजार ६१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले ९ हजार ३१९ मत प्राप्त गरेका छन्।
यस्तै, एमाले–राप्रपा–राजमो गठबन्धनबाट उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका छन् । खड्काले १० हजार ५२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शकुन्तला शर्माले ९ हजार ७३४ मत प्राप्त गरेकी छन् । रासस