गोरखाको पालुङटार नगरपालिकामा कांग्रेस विजयी
गोरखाको पालुङटार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दिपकबाबु कँडेल विजयी भएका छन् ।
कँडेलले ४ हजार ६९८ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गुणराज देवकोटाले ४ हजार ४९१ मत ल्याएका छन् ।
उपमेयरमा भने माओवादी केन्द्रकी पम्फा बसेल ४ हजार ४९४ मत ल्याएर विजयी भएकी छन् ।