भरतपुर महानगरपालिका– ५ मा एमाले उमेदवार निर्वाचित
भरतपुर महानगरपालिकाको ५ नं. वडाको अध्यक्षमा एमालेका उमेदवार पदमपाणि सुवेदी निर्वाचित भएका छन् ।
सुवेदीले १,७८० मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका भक्ति तिमिल्सनाले १,६८९ मत प्राप्त गरे ।
महानगरपालिकाको मेयर पदका लागि भइरहेको मतगणनाको हालसम्मको परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ९,२१२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ७,४४३ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ८,६५६ र एमालेकी दिव्य शर्मा आचार्यले ७,९६४ मत प्राप्त गरेका छन् ।