मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी
मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट ७ हजार ४४ मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु ढकालले ५ हजार ३७८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेसका खड्ग गोपालीले ५ हजार ६५० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना गोपालीले ५ हजार ६०० मत प्राप्त गरेकी छिन् ।