थप समाचारबिहिवार, जेठ ४, २०७४

५५ लाखसहित पाँचजना हुण्डी कारोबारी पक्राउ

हिमालखबर

धनुषा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ५५ लाख नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज, ४ जेठमा पत्रकार सम्मेलनको आयोजना गरी मलेशियामा कार्यरत नेपाली कामदारबाट रकम संकलन गरेर कामदारको नेपालस्थित घरमा पैसा पठाउने कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमा रघुनाथपुर– ४ धनुषाका महादेव राउत, विष्णुदेव राउत, रोशन कुमार महरा र एकराही १ का अरुण दास तथा सबैला २ का विन्देश्वर राउत छन् ।

पाँचैजनालाई थप अनुसधानका लागि राजश्व अनुसन्धान विभागमा पठाइने धनुषाका प्रहरी नायब उपरिक्षक मनोज कुमार यादवले बताए ।

उनीहरुबाट प्रहरीले रु ५५ लाख, ५ थान ल्यापटप, १० थान मोबाइल र फाइलहरु बरामद गरेको छ ।
ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस