सुर्खेतमा तीन नगरपालिकामा कांग्रेस, दुई नगरपालिकामा एमाले अगाडि
३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणना अनुसार सुर्खेतमा चार स्थानीय तहमा नेपाली कांग्रेस र चारमा नेकपा एमालेले अग्रता लिएका छन् । एक गाउँपालिकामा माओवादी केन्द्र अगाडि देखिएको छ ।
वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने पञ्चपुरी र लेकबेसी नगरपालिकामा एमाले अगाडि छ ।
अहिलेसम्म चिङ्गाड गाउँपालिकामा कांग्रेस, । सिम्ता र चौकुने गाउँपालिकामा एमाले र बराहताल गाउँपालिकामा माओवादी केन्द्र अगाडि छन् ।
हालसम्म ३० वटा वडाको मत परिणाम प्राप्त भएको छ, जसमध्ये १४ वडामा कांग्रेस, १० मा एमाले, ५ मा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उमेदवारको प्यानल निर्वााचित भएको छ ।
लक्ष्मी भण्डारी, सुर्खेत