भरतपुर महानगरपालिकामा ज्ञवाली–१०७८, दाहाल–७४४
चितवनको भरतपुर नगरपालिकामा जारी मतगणनाको हालसम्म प्राप्त परिणाम अनुसार एमालेका तर्फबाट मेयरका उमेदवार देवी ज्ञवालीले १०७८ मत प्राप्त गरेका छन् भने माओवादीकी उमेदवार रेणु दाहालले ७४४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै कांग्रेसका तर्फबाट उपमेयरका उमेदवार पार्वती शाहले ८६५ र एमालेका तर्फबाट उमेदवार दिव्या शर्मा ९३५ मत प्राप्त गरेका छन् ।
माओवादीका तर्फबाट उमेदवार रहेकी प्रधानमन्त्री पुष्पकमल दाहालको समर्थनमा भरतपुरमा कांग्रेसले आफ्नो उमेदावरी फिर्ता गरेको थियो ।