कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित
कीर्तिपुर नगरपालिकाको मतगणना विवादका कारण स्थगित गरिएको छ ।
स्थानीय निर्वाचनको ३१ वैशाख रातिदेखि शुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो ।
नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिबीचको विवादले राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।
अहिले बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ ।