भरतपुर महानगरमा १४०० मत गन्दाको परिणाम
चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएका छन् ।
शुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएकोमा केही समय कांग्रेसको समेत समर्थन रहेकी माओवादी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी थिइन् ।
तर पछिल्लो पटक फेरि एमाले उम्मेद्वार ज्ञवाली अघि आएका हुन् ।
अहिलेसम्म १४०० मत गणना हुँदा एमालेबाट मेयरका उमेदवार देवी ज्ञावालीले ६८५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ५२८मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरीले ६०४ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्या शर्माले ५२८ मत प्राप्त गरेकी छन् ।
राप्रपाले मेयरमा ३५ र उपमेयरमा ४७ मत प्राप्त गरेको छ ।