एचटिसीको तीन नयाँ स्मार्टफोन सार्वजनिक
नेपालका लागि एचटिसी स्मार्टफोनको वितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी यु प्ले, वान एक्स ९ तथा डिजायर ८२५ सार्वजनिक गरेको छ ।
एचटिसी यु प्लेको मूल्य रु ४९ हजार ९९९, वान एक्स ९ को मूल्य रु २८ हजार ६०० तथा एचटिसी डिजाइर–८२५ को मूल्य रु. १८ हजार ९०० तोकिएको छ ।
एचटिसी यु प्ले निलो रङ्गमा, वान एक्स–९ गोल्ड र ग्रे रङ्गमा साथै डिजाइर–८२५ ग्रे र ह्वाइट रङ्गमा देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।