संविधान संशोधनमा साथ दिन ओलीलाई देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधनमा सरकारलाई साथ दिन आग्रह गरेका छन् ।
संविधान संशोधनका विषयमा ओलीको सहयोग लिन देउवा आज ओली निवास बालकोट पुगेका थिए । कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा एक घण्टा बढी छलफल भएको थियो ।
छलफलका क्रममा यथास्थितिमा संविधान संशोधनमा एमालेले साथ दिन नसक्ने एमाले अध्यक्ष ओलीले जवाफ दिएका थिए ।
छलफलमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अघि गर्नुपर्नेमा जोड दिएको ओलीका निजी सचिव अनिश दाहालले जानकारी दिए ।