सत्तारुढ दल र संघीय गठबन्धनको बालुवाटारमा बैठक
सत्तारुढ दल र मधेश केन्द्रित दलहरुसहितको संघीय गठबन्धन बीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
गठबन्धनले संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र संघीय गठबन्धनका नेताहरु सहभागी छन् ।