प्रधान्यायाधीशले न्यायिक नेतृत्व सम्हालिन्
प्रधानन्यायाधीश सुशीला कार्की आजदेखि सर्वोच्च अदालतमा उपस्थित भई नेतृत्व सम्हालेकी छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले १७ वैशाखमा कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश कार्की अदालतमा उपस्थित भएकी थिइनन् ।
प्रधान्यायाधीश कार्कीले आज मुद्दाको पेशी तोक्नेलगायतका काम थालेको सर्वोच्चका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।
न्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले २२ वैशाखमा प्रधान्यायाधीश विरुद्धको महाअभियोग अघि नबढाउन र प्रधानन्यायाधीशलाई अदालतमा फर्किन/फर्काउन अन्तरिम आदेश दिएको थियो ।