शरद भेषवाकर बने यामाहाको ब्रान्ड एम्बेसडर
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्स म्यान शरद भेषवाकरलाई यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।
२० वैशाखमा राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषवाकरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
स्पोर्टी, स्टाइलिस र पावरफुल मोटरसाइकल ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गरिरहेको भेषवाकरले बताएका छन् ।
भेषवाकर हाल विश्वको ट्वान्टी २० ब्याट्सम्यानको सूचीमा ८० औं स्थानमा छन् ।
यसैबीच, एमएडब्लुले काठमाडौंको रातोपुलमा नयाँ शोरुम उद्घाटन गरेको छ । यामाहाको नयाँ डिलर गोर्खा मनकामना अटो इन्टरप्राइजेजले सेल्स, सर्भिस र स्पेयर्सको सुविधा दिने कम्पनीले जनाएको छ ।