महालेखा परीक्षकमा नियुक्तिका लागि शर्मा सिफारिस
संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सचिव शर्मालाई सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
व्यवस्थापिका–संसद्को सार्वजनिक सुनुवाइ समितिमा सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षकमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
शर्माले मुलुकमा वित्तीय अनुशासन कायम गर्न आफूले पहल गर्ने बताएका छन् ।
उनले भने, “वित्तीय अनुशानसन कायम गर्न मेरो तर्फबाट प्रयास रहनेछ । बेरुजु फछ्र्योटमा विशेष ध्यान दिनेछु ।”
यसअघि शर्माले अर्थ मन्त्रालयका सहसचिवका रुपमा काम गरेका थिए ।
रासस