प्रधानन्यायाधीशविरुद्ध महाभियोग आपत्तिजनकः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सरकारका उपप्रधानमन्त्री कमल थापाले प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनु आपत्तिजनक भएको बतएका छन् ।
उनले नेपाली कांग्रेस र माओवादी केन्द्रले महाभियोग दर्ता गराउनु दुर्भाग्यपूर्ण साथै न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।