प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता
प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्ले आज, १७ वैशाख अपराह्न कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा कांग्रेसका १८९ र माओवादी केन्द्रका ६० जना गरी कुल २४९ सांसद्ले हस्ताक्षर गरेको माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।
२४ जेठमा अनिवार्य सेवानिवृत्त हुँदै गरेकी प्रधानन्यायाधीश महाअभियोग दर्तासँगै निलम्बनमा परेकी छिन् ।
महाअभियोगमा कार्कीमाथि कार्यकारी अधिकारमा हस्तक्षेप गरेको, न्यायालयमा गुटबन्दी र न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको, न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको तथा खराब आचरण प्रस्तुत गरेकोलगायतका आरोप लगाइएको छ ।