जनरल फाइनान्स र बेष्ट रेमिटबीच सम्झौता
जनरल फाइनान्स लिमिटेड र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बेष्ट रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र जनरल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत पठाएको रकम जनरल फाइनान्सका सम्पूर्ण शाखाबाट भुक्तानी लिन सकिने भएको छ ।
सम्झौतापछि बोल्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पहारीले बेष्ट रेमिटसँगको सम्झौताले जनरल फाइनान्सको सेवामा प्रभावकारिता आउने बताए ।
यस्तै बेष्ट रेमिटका प्रबन्ध निर्देशक पौडेलले विदेशबाट पठाएको रकमलाई सेवाग्राहीसम्म पुर्याउन जनरल फाइनान्ससँगकोे सम्झौताले थप सहज बनाउने जानकारी दिए ।
बेष्ट रेमिटले सेवाग्राहीलाई थप सहज सेवा प्रदान गर्नको लागि विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतालाई प्राथमिकता दिँदै आएको छ ।