‘हाम्रो काष्ठमण्डप, हामी आफै पुनःनिर्माण गर्छौ’
१२ वैशाख, २०७२ को भूकम्पमा क्षति भएको काष्मण्डप जनस्तरबाटै निर्माण गर्ने प्रण गरिएको छ । यहि १२ वैशाखमा एक कार्यक्रमको आयोजना गरी स्थानीय बासिन्दाले आफै निर्माण गर्ने प्रण गरेका हुन ।
काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानले आयोजना गरेको कार्यक्रममा काष्ठमण्डप पुनःनिर्माणमा जनसहभागिताबाट गर्ने घोषणा गरिएको छ ।अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठसँगै करिब ५०० जनाले घोषणा कार्यक्रममा काष्ठमण्डप पुनःनिर्माणमा सघाउने प्रण गरेका छन् । त्यस्तै २०० जनाले आर्थिक रुपमा सहयोग गर्ने लिखित प्रतिबद्धता गरेको अभियानले जनाएको छ ।
भूकम्पपछि क्षति भएको काष्ठमण्डपको सरसफाइ तथा सरसामान संरक्षणमा स्थानीय बासिन्दा जुटेका थिए । स्थानीय बासिन्दाले काष्ठमण्डप पुनःनिर्माण सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।