'भूकम्प प्रभावित बालबालिकालाई शिक्षा र संरक्षणको खाँचो'
पुनःनिर्माणमा भईरहेको ढिलाईका कारण बालबालिकाको शिक्षामा परेको प्रभावबारे बालअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाले चासो व्यक्त गरेका छन् । बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था प्लान इन्टरनेशनल, नेपालले बालबालिकाको शिक्षा र संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले सरकार र दातृ निकायलाई बा(लबालिकाको शिक्षा र संरक्षणका आवश्यकतालाई प्राथमिकतामा राख्न आग्रह गरे । उनी भन्छन्, “विद्यालय निर्माण गर्नु स्थायी संरचना बनाउनु मात्र होइन, सुरक्षित रहन र पूर्व तयारी गर्ने संस्कार निर्माण गर्नु पनि हो ।” प्राकृतिक विपद्लाई रोक्न नसकेपछि त्यसबाट बच्न सम्भव भएसम्म प्रयत्न गर्नुपर्नेमा उनको जोड छ ।
१२ बैशाख २०७२ को भूकम्प र त्यसपछिका परकम्पहरुले गर्दा विद्यालय भवनहरूमा पनि क्षति पुग्यो । जसबाट १० लाख भन्दा बढी बालबालिकाको पढाई प्रभावित भएको थियो । भूकम्पबाट प्रभावित भएका १ लाख २० हजार २ सय ७९ बालबालिकासहित २ लाख ९३ हजार ३ सय ६५ व्यक्तिलाई सहयोग गर्न ३ अर्ब १३ करोड भन्दा बढी रकम जुटाएको प्लान इन्टरनेशनलले जनाएको छ ।