विवेकशीलबाट २१ वर्षीया रन्जु काठमाडौंको मेयरमा
रन्जु दर्शना काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएकी छिन् ।
विवेकशील नेपाली दलले ३१ बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा २१ वर्षीया युवा रन्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
विवेकशील नेपाली दलले जारी गरेको विज्ञप्तिमार्फत दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने बताएको हो ।
काठमाडौँलाई संसारकै सुन्दर शहर बनाउने अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त भएकोले यसको नेतृत्वको लागि रन्जु दर्शनालाई चयन गरिएको विवेकशिल नेपाली पार्टीले उल्लेख गरेको छ ।